जेठ ५ सम्म लकडाउन लम्बियो

समाचार

5/6/2020

काठमाडौं, २४ बैशाख । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । त्यसपछि पटक–पटक लकडाउन लम्बिदै गएको छ । यसअघि घोषित लकडाउन २५ बैशाखसम्म छ ।

तत्काल लकडाउन खुकुलो बनाउने कुनै योजना नरहेको जनाइएको छ । छिमेकी मित्रराष्ट्र भारतमा कोरोना फैलिँदै गएकोले नेपालमा अहिले नै लकडाउन खुकुलो बनाउने अवस्था नरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ