जाडोमा बेसहारा बनेकालाई अमेरिकी प्राध्यापक डा.लोकराज पोखरेलले दिए सहारा

समाचार

2/7/2021

काठमाडौं, २४ माघ । तराई–मधेशमा बढ्दो जाडोका कारण आवासविहिन रहेका दलित भित्रका मुसहर समुदायका एकल महिला तथा वृद्धवृद्धाहरु कपकपाउँदै घुर र परालकै ओछियानमा अति नै कष्टपूर्ण जिवन बिताउँदै बेसहारा बनेका थिए ।

तर अमेरिकी डा. लोकराज पोखरेलले आफूले दुःख गरि कमाएको पैसाबाट पीडामा रहेका १० परिवारको सहारा बनेका छन् ।

महोत्तरी जिल्लाको भगंहा नगरपालिका—३ भगंहाका अवासविहिन भई ईटाभटामा बालबालिकासित काम गर्दै गरेकी असहाय जयकुमारी देवी सदा, रविना सदा, मुनेशरी सदालगायत अपाङ्ग र घरमा काम गर्ने कोही नभएको ढोराई सदा, त्यस्तै धनुषाको पनि अति नै विपन्न एकल महिला तथा वृद्ध सिहेशर सदा, हरहराबति देवी, महिन्द्र सदालगायत १० परिवारलाई न्यानो सिरक, कालो मेटर जाजिम दिएका छन् ।

डा. पोखरेलले गरेको सहयोगबाट प्रत्येक परिवारलाई न्यानो सिरक, कालोमेटर जाजिम स्वास्थकर्मी तथा दिनाभद्री छात्रवृत्ति कोष, धनुषाका जिल्ला संयोजक रहेका सुन्दर सदा, दलित अगुवा मिथलेश सदा, रितिक ऋषिलगायत भोरका अध्यक्ष पचुलाल माझीले पिडामा रहेको परिवारको घरमै पुगी हस्तानतरण गरेका थिए ।

एकातिर युवा जमात घोषणा गरेको बन्द सफल पार्न गरिब विपन्नको पसल बन्द गराउँदै थिए भने अर्कोतिर आफ्नो ज्यान जोखिममा पारी बेसहरा भई जाडोले कपकपाउँदै गरेको परिवारको घरमै पुगी भोरको अगुवाईमा सहयोगी युवाहरु न्यानो सिरक वितरण गर्दै थिए ।

न्यानो सिरकसहित राम्रो ओछ्यान पाएका हरहरबति परालको ओछ्यान देखाउँदै आफूहरु यहाँ नै सुत्ने गरेको थिए अबउपरान्त राम्रो ओछ्याउनमा सुत्ने छौ र बाहिरबाट पाहुना आउँदा उहाँलाई पनि राम्रो ओछ्याउनमा सुताउन सक्ने भएकोले धेरै नै खुशी भएको बताइन र हर्षित हुँदै डा.पोखरेललाई आशिर्वाद दिइन् ।

अरु पनि पीडामा रहेका परिवारहरु सहयोग पाउने आशामा बसिरहेका छन् । मनकारी आत्माहरुले भोर नेपाललाई सम्पर्क गर्नसक्ने अध्यक्ष माझीले जनाएका छन् ।

डा.लोकराज पोखरेल नेपालमा १४ वर्ष शिक्षक पेसामा काम गरी अमेरिका उच्च शिक्षा हाशिल गर्न २०६३ सालमा गएका थिए र विगत ७ वर्षदेखि अमेरिकी विश्वविद्यालयमा विषविज्ञानको प्राध्यापक हुन् ।

डा. पोखरेलको स्थायी बसोबास झापाको भद्रपुरमा हो । उनी विगत ५ वर्षदेखि भोरको सल्लाहकार हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ