जनकनन्दनीमा मन्दिर र मदरसा उद्घाटन

समाचार

2/17/2021

जनकपुरधाम, ५ फागुन । धनुषा जिल्लाको जकनकनन्दनी गाउँपालिकामा एकै दिन मन्दिर र मदरसाको उद्घाटन भएको छ ।

जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको संसदीय कोषबाट सरस्वती मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण भएको हो ।

सांसद अरगरियाले मन्दिर र मदरसा दुबैको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अरगरियाले समाजको माग अनुसार आफू अघि बढिरहने बताए ।

यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने बताए ।

जनकनन्दनी गाउँपालिका ३ महुवाका सतन्जीव साहले दान गरेको जग्गामा सरस्वती मन्दिर निर्माण गरिएको छ । यो मन्दिरमा श्रीपञ्चमीको अवसर पारेर मंगलबार नै माता सरस्वतीको मूर्ती समेत स्थापना गरिएको छ ।

सरस्वती मन्दिर कुल रु १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

मन्दिर र मदरसा उद्घाटनको अवसरमा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ