काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले धनुषाका नेता तथा जनकपुरका प्रसिद्ध समाजसेवी एवम् पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै गिरीको निधनप्रति दुःख व्यक्त गरेको हो । गिरीको बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७३ वर्षको उमेरमा निधन भएको थियो । गिरी जनकपुर नगरपालिकाका पूर्व मेयरसमेत हुन् ।
‘स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ पार्टीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
तपाईको प्रतिक्रिया