जनकपुरधाम, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
सेवाग्राहीसँग लिएको घुसको मोटो रकम कार्यालयमै रहेको सूचनाको आधारमा अख्तियारको बर्दिवासबाट आएको टोलीले कार्यालयमा छापा मारेको हो ।
सवारी चालक परिचय–पत्र वापत उठाएको घुसको ठूलो रकम कार्यालयभित्रै भेटिने जानकारी अख्तियारलाई पुगेपछि टोलीले छापा मारेकोे अख्तियार कार्यालय बर्दिवासका अधिकृत मनिराम ज्ञवालीले बताए ।
उनले गोप्य सूचना पाएको र सोही आधारमा छापामारी गरेको र अनुसन्धान अहिले जारी नै रहेको बताए । अख्तियारको टोली कार्यालयभित्र प्रवेश गरेपछि कर्मचारीहरु भाग्न खोजेको थिए ।
तपाईको प्रतिक्रिया