काठमाडौं, १२ चैत । गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गगर्ने बताएका छन् ।
नेपाल बैंकर्स संघ प्रदेश २ को प्रादेशिक समितिले आयोजना ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन कार्यक्रममा गभर्नर अधिकारीले प्रविधिले नगद रहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउने बताए ।
उक्त कार्यक्रममका बीच प्रदेश २ को को राजधानी जनकपुरमा अवस्थित वाणिज्य बैंकहरुले ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण समेत गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री, नवल किशोर साहले सबैले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया