जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध परेको उजुरीमाथि अख्तियारद्वारा अनुसन्धान सुरु

समाचार

2/2/2021

जनकपुरधाम, २० माघ । जनकपुरधाम उपमहानगरपालिका विरुद्ध परेको विभिन्न उजुरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको कार्यालयले आफ्नो कार्यालयमा परेको विभिन्न उजुरीउपर अनुगमन सुरु गरेको छ ।

अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी मनिराम ज्ञवालीको नेतृत्वमा सोमबार आएको टोलीले जनकपुरधाम उपमहानगरपालिकामाथि परेका उजुरीहरुको छानविन सुरु गरेको छ ।

मुद्दाको कामकारवाही, लेखा, जिन्सी, कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीको नेतृत्वमा आएको टोलीमा अख्तियार कार्यालयका इन्जिनियर सदन श्रेष्ठ, लेखा अधिकृत मनोज सुनुवार, कम्प्यूटर अपरेटर राहुल जयसवाल लगायतकाहरु सहभागी छन् ।

उपमहानगरपालिकाद्वारा सञ्चालन भएका योजनाहरुको आजदेखि स्थलगत अनुगमन सुरु गरेको र यो कार्य निरन्तर जारी रहने ज्ञवालीले बताए। टोलीले अहिलेसम्म ४ वटा उजुरीमाथि छानविन गरिसकेको र बाँकी उजुरीमाथि छानविन निरन्तर जारी रहने अख्तियारले जनाएको छ ।

यता जनकपुरधाम उपमहानगरपालिकाकी उप(प्रमुख रीता कुमारी मिश्रले आज अख्तियारको टोली आएको र छानविन सुरु गरेको बताइन् ।

उनले १०/१५ वटा योजनामा परेको उजुरीको आधारमा अख्तियारको टालीले छानविन गरेको बताइन् ।

उपप्रमुख मिश्रले आफूहरु उजुरी परेको योजनाहरु बजेटभन्दा पनि कम रकममा काम गरेकोले कुनै गलत नदेखिएपछि अख्तियार टोली छानविन गरेर फर्केको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ