जनकपुरधाम, २० असार । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा विपक्षी गठबन्धन शीर्ष नेताहरुको पुतला जनाइएको छ ।
नेपाली कांग्रेसका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाइएको हो ।
सत्तारूढ नेकपा एमाले (ओली निकट) युवा संघ नेपालले आइतबार जनकपुरधाममा विपक्षी गठबन्धनका नेताहरुको पुतला जलाएका छन् ।
युवा संघ नेपालले विपक्षी गठबन्धनका नेताहरुविरुद्ध नाराबाजी गर्दै देशलाई अस्थिरतामा धकेलेकाले उनीहरुको पुत्ला जलाइएको आरोप लगाएको छ ।
तपाईको प्रतिक्रिया