जनकपुरधाम, २१ असार । जनकपुर नगरपालिकाले सडक मर्मत नगरेको विरोधमा स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका छन् ।
जनकपुरधामस्थित पुलचोकका बासिन्दाले हुलाकी सडकखण्ड अवरुद्व गरेका हुन । उनीहरुले टायर बालेर बिरोध गर्दै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हन् । स्थानीयवासीले जनकपुरधामदेखि यदुकोहा जाने हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम १६ मा सडक जाम गरेका छन् ।
सडकमा सवारीसाधन गुडाउन समस्या हुने गरी खाल्डा परेको स्थानीयवासीले बताएका छन् । खाल्डोमा पानी जमेपछि आवतजावतमा नै समस्या भइरहेको छ ।
सडक मर्मत गरिदिन पटक–पटक वडाध्यक्षदेखि मेयर र हुलाकी आयोजनाका पदाधिकारीलाई भन्दासमेत कसैले ध्यान नदिएका कारण आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।
तपाईको प्रतिक्रिया