जनकपुर उपमहानगरद्वारा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन

समाचार

5/13/2021

जनकपुरधाम, ३० बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले ४० बेडको अक्सिजन र स्वास्थ्यकर्मी सुविधासहितको आइसोलेसन कक्ष निर्माण गरेको छ ।

वडा– ४ स्थित गोपाल धर्मशालामा एक सय बेड पूर्वाधारसहित सुविधायुक्त आइसोलेसन कक्ष निर्माण गरिएको मेयर लालकिशोर साहले जानकारी दिए ।

उनका अनुसार, सय बेडको आइसोलेसन बनाएको भए पनि २५ वटा अक्सिजनसहितको ४० बेड मात्र सञ्चालनमा ल्याइएको छ । संक्रमितको चापअनुसार बेडहरू सञ्चालनमा ल्याइनेछ ।

आइसोलेसन कक्षमा बस्ने संक्रमितहरूका लागि खाना, औषधि र अक्सिजनको उपमहानगरपालिकाले निःशुल्क व्यवस्था गरेको छ भने संक्रमितलाई ल्याउने र घरसम्म पु¥याउनका लागि २४सै घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

संक्रमितको हेरचाह र स्वास्थ्य उचारका लागि तीन सिफ्टमा एक चिकित्सकसहित ३÷३ स्वास्थ्यकर्मी २४सै खटाइएको छ ।

हाल आइसोलेसन कक्षमा एक दर्जनभन्दा बढी संक्रमितहरू बसेका छन् । गम्भीर अवस्था भएपछि थप उपचारका लागि प्रादेशिक अस्पतालमा समन्वय गरी पठाउने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ