जनकपुरधाम, ११ असार । जनकपुरधाम उप–महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८–०७९ को लागि एक अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ ।
उप–महानगरपालिकाका उप–मेयर रिता कुमारी झाले बिहीबार प्रस्तुत गरेको बजेटमा कुल १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रकम विनियोजन गरेको जानकारी गराइन् ।
विनियोजन मध्ये चालु खर्च ९८ करोड २० लाख ६० हजार र पुँजीगत तर्फ ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको छ ।
प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट सशर्त अनुदान बापत प्राप्त हुने रकम ५२ करोड ७० लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान बापतको रकम १ करोड ५० लाख उल्लेखित खर्च शीर्षकमा नै खर्च गर्न विनियोजित गरेको बताइन् ।
तपाईको प्रतिक्रिया