जानकी हेल्थ एण्ड टिचिङ्ग हस्पिटलमा तोडफोड

समाचार

4/25/2021

जनकपुरधाम, १२ बैशाख । मोटरसाइकल दुर्घटनामा घाइते भएका विरामीको मृत्यु हुँदा जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल तोडफोड भएको छ ।

धनुषाको मिथिला नगरपालिका– ८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्यु भएको थियो ।

घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्कालै सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेका थिए ।

त्यसपछि काठमाडौं लैजान हेलिकप्टर मगाइसकेका बेला चिकित्सकले शर्माको मृत्यु भएको जानकारी दिएपछि हेलिकप्टर रोकेको मृतकका काका जयप्रकाश ठाकुरले बताए ।

त्यतिबेलासम्म शर्माको मृत्यु नभएको तर समयमा राम्रो उपचार नपाएर मृत्यु भएको उनको दावी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ