जनमतको नयाँ कार्यसमिति चयन

समाचार

4/13/2021

जनकपुरधाम, ३१ चैत । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधामको बाह्रबिघा मैदानमा शनिबार अयोजना गरिएको प्रथम ऐतिहासिक महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम सोमबार बिहान सार्वजनिक गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो ।

केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा २ हजार ३ सय २ मत ल्याएर डा.सीके राउत विजय भएको छ । त्यसैगरी, उपाध्यक्षमा १ हजार ८ सय ६७ मत अब्दुल खाँन, १ हजार १ सय ५० मत ई. बसन्त कुशवाहा, ७ सय ७१ मत ई. दिपक कुमार शाह र ५ सय ८२ मत नरेन्द्र चौधरीले प्राप्त गरि निर्वाचित भएका छन् ।

महासचीवमा १ हजार ५ सय ७३ मत लयाउदै चन्दन सिंह विजय भएको छ ।

यसै गरि केन्द्रिय सदस्यका लागि खुल्ला समुहबाट डा. सुवन्त कुमार कुशवाहा (रौतहट), संजय कुमार यादव (सिरहा), राज कुमार यादव (सिरहा), भोपेन्द्र प्रसाद यादव (रुपन्देही), भवानी महतो (सुनसरी), लिलत चन्द्र मल्लिक (रौतहट), सुरेन्द्र शर्मा मधेशी (सप्तरी), मदनेश कुमार चौधरी (सप्तरी), नरेश प्रसाद कुशवाहा (सर्लाही), वीरेन्द्र महतो (महोतरी), बाल गोविन्द चौधरी (नवल परासी), इन्द्रजित कुमार यादव (धनुषा), राजेन्द्र राम (सर्लाही), ओम प्रकाश साह (बारा), विष्णु प्रसाद यादव (बाँके), सिताराम पण्डित (सुनसरी), सुनिल कुमार यादव (बारा), इरफान अहमद शेष (बाँके), रामकेश गुप्ता (रुपन्देही) ,परमेशर मुर्मु (मोरंग), डा. विनय कुमार पंजियार (धनुषा), योगेन्द्र चौधरी (कपिलवस्तु),संजय कुमार यादव (महोतरी) निर्वाचित भएका छन् ।

त्यसैगरि महिला समुहबाट अनिता कुमारी मण्डल (सिरहा), अनिता देवी साह (धनुषा), अन्जनी देवी मण्डल (महोत्तरी), वविता कुमारी राउत (सप्तरी), आशा कुमारी मेहता (सुनसरी), जुलेखा विवी (सप्तरी), राधा कुमारी यादव (दांग), कौशिला देवीलाई चयन गरिएको छ ।

गैर आवासिय मधेशी संघको समुहबाट ई. सुरेन्द्र नारायण यादव, ई. इन्द्रजीत यादव, ई. शम्भुनाथ साह, निर्मल मण्डललाई मनोनित गरिएको छ ।

यसै गरिे ई. इन्द्रजीत यादवलाई केन्द्रिय कार्यकारिणी समितिका उपमहासचिव र ई. सुरेन्द्र नारायण यादवलाई कोषाध्यक्षमा मनोनित गरिएको छ ।

केन्द्रिय सदस्यका खुल्ला समुहबाट रविन्द्र साह (सर्लाही), बुद्धिराम माझी (मोरंग), सुरेश प्रसाद (बारा), विरेन्द्र साह सोनार (रौतहट), सुर्यदेव यादव (सप्तरी) , रामबाबु प्रसाद पटेल (बारा), रघुवीर दास (धनुषा), संतोष कुमार साह (पर्सा) कम मत प्राप्त भएकोले उक्त समितिमा समावेश हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ