काठमाडौं, १९ चैत । जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सि.के राउत र महासचिव पदका लागि चन्दन सिंहले आफ्नो एक्कल उम्मेदवारी दर्ता गरेका छन् ।
चैत २८ गते जनकपुरधामको बाह्रविघामा हुने जनमत पार्टीको प्रथम महाधिवेशमा अध्यक्ष पदका लागि राउत र महासचिव पदका लागि सिंहले आफ्नो एक्कल उम्मेदवारी दर्ता गराएका हुन् ।
राउतको अध्यक्ष्तामा यही चैत २८ गते जनमत पार्टीको प्रथम महाधिवेशन हुँदैछ । प्रथम महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने योजना रहेको पार्टीले जनाएको छ ।
यसैगरी पार्टीको विभिन्न पदका लागि विभिन्न स्थानबाट इक्च्छुक व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
तपाईको प्रतिक्रिया