वीरगंज, १७ असार । नेपाली राजनीतिका शिखर पुरुष एवम् पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका पूर्वसभापति स्व.गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली राजनीतिबाट देशको न्याय र प्रजातान्त्रिक अधिकारका लागि पर्याप्त व्यक्तिगत त्यागमा लडेर आफ्नो जीवन त्यागेका राजनेता स्व. गिरिजा प्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले तीनदिने कार्यक्रमको आयोजना गरेको छ ।
फाउण्डेशन पर्साले स्व. कोइरालाको जन्मजयन्तीको अवसरमा असार २० देखि २२ गतेसम्म तीनदिने कार्यक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बिहीबार बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
असार २० गते आइतबार वृक्षरोपन गर्ने भएको छ भने २१ गते रक्तदान कार्यक्रम र २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५००० (पच्चीस हजार) सहित सम्मान गर्ने र्निणय गरेको फाउण्डेशनका सहसचिव मिंटु देवि सिहंले जानकारी गराइन् ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा फाउण्डेशन पर्साका उपाध्यक्ष जयमंगल कापर, सन्तोष सिंह, दिलिपराज कार्की, जंगबहादुर पटेल, शेख निजामुदिन, किशोर सिंह, सन्दिप केवट, अवधेश कुमार महतो, वहाब अंसारी लगायतका व्यतिmहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया