वीरगंज, २० असार । नेपाली राजनीतिका शिखर पुरुष एवम् पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजा प्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले वृक्षरोपन कार्यक्रमको आयोजना गरेको छ ।
फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानमा वृक्षारोपन गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताए ।
स्व. गिरिजा प्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा फाउण्डेशन पर्साले तीनदिने कार्यक्रमको आयोजनामा पहिलो दिन वृक्षरोपणको र्कायक्रम सम्पन्न गरेको छ ।
साल, सिसम, बेल, सफेदा, खैर, औरा, टिक, अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपण गरिएको हो । वीरगंजको आईसिपि र आर्दशनगरको कबरस्थानमा वृक्षारोपन गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।
फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा असार २० देखि २२ गतेसम्म तीनदिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।
असार २१ गते रक्तदान र्कायक्रम फाउण्डेशनको कार्यालय आदर्शनगर पानिटकींका विहान ७ः३० बजे गर्ने भएको छ भने असार २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५००० –पचिस हजार) सहित सम्मान गर्ने र्निणय गरेको छ ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको वृक्षारोपन कार्यक्रममा धुव्र नेपाल,दिना गुप्ता,श्याम कुमार पोख्रेल,रामरुप प्रसाद कुर्मी,सन्तोष सिहं,शैलेन्द्र उपाध्याय,शिवओम लामिक्षाने,भैयाराम पटेद,नविन सिहं,अमृतलाल जोशि,जंगबहादुर पटेल,किशोर सिहं फजिल अंसारी,मो.अबु हवारी,अब्बास देवान,शंकर महतो,गोपी महतो,वहाब अंसारी लगायतका व्यतिmहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया