रुपन्देही, २ बैशाख । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मर्चवारी गाउँपालिका(७ श्रीरामपुर बस्ने राजेश चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चौहानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया