मोरङ, १७ बैशाख । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कानेपोखरी गाउँपालिका–३ बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–६ घर भएका १४ वर्षीया आस्विन घिमिरेलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले ती किशोरीलाई स्थानीय मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया