चितवन, १० असोज । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिका–८ बस्ने ४१ वर्षीय जुद्धवीर स्याङताङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जुद्धवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया