काठमाडौँ, २४ साउन । पछिल्लो समय जम्मु र कश्मिरमा भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी गरेको चर्चा संयुक्त संयुक्त राष्ट्रसंघसम्म पुगेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यी दुई देशको मुद्दामा सकेसम्म सबैभन्दा धेरै संयम अपनाउनु पर्ने बताएका छन् । बरु यो मुद्दालाई समाधान गर्नका लागि सन् १९७२ मा भएको सिमला सम्झौताको प्रसंगलाई पनि ख्याल गर्न सकिने उनको भनाई छ ।
भारतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने अनुच्छेद ३७० को अधिकांश प्रावधानलाइ निलम्बन गरिदिएको छ जसले पाकिस्तानमा समेत हलचल मच्चाएको छ ।
तपाईको प्रतिक्रिया