जलेर बालकको मृत्यु

समाचार

1/7/2021

सिरहा, २३ पुस । मिर्चैया नगरपालिका–७ मा बिहीबार आगलागिमा परेर ८ वर्षीय बालकको मृत्यु भएको छ । रसिद राइनको ८ वर्षे छोरा जाविर राईनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा निदाएको बच्चालाई एक्लै छोडेर आमाबुबा बजार गएका थिए । घरमा बलिरहेको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा साँझ आगलागी नियन्त्रणमा लिएका छन् । आगलागिबाट ५ लाख बराबरको धनमाल पनि क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ