जलेश्वरमा पूर्ण निषेधाज्ञा

समाचार

5/11/2021

जलेश्वर, २८ बैशाख । महोत्तरीको जलेश्वरमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय भएको छ । कोरोना संक्रमणबाट जलेश्वरमै ६ जनाभन्दा बढीको मृत्यु भएपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ देखि ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइए पनि जलेश्वर नगरपालिकामा मात्रै आधा दर्जन व्यक्तिको कोरोनाबाट मृत्यु भएपछि मंगलबार ६ बजेदेखि लागू हुने गरी जलेश्वरमा पूर्ण रूपमा निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

पूर्ण निषेधाज्ञामा जलेश्वर नगरपालिकाको जलेश्वर बजारको मीना बजार तथा आसपासका क्षेत्र, साहुजीपट्टी, महादेव मन्दिरलगायत स्थान रहेको प्रजिअ भट्टराईले बताए।

उनले यस अवधिमा तोकिएको क्षेत्रमा अनावश्यक कोही निस्के सुरक्षार्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ