काठमाडौं, २३ असार । गत वर्ष बैशाखमा पूर्वराजपा र समाजवादीबीच एकीकरण भई निर्माण भएको जनता समाजवादी पार्टी नेपालको एकता भंग भएको छ । दुवै पार्टीका अध्यक्षद्वय छुटिट्टनका लागि निर्वाचन आयोगसँग गरेका छन् ।
मुद्दा एउटै भएपनि फरक–फरक कार्यशैलीका कारण जसपाको एकता भाँडिएको हो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आफूहरु एक साथ रहन नसक्ने निष्कर्ष निकालेका छन् ।
दुवै पक्षले आफूहरुलाई अलग–अलग गरिदिन निर्वाचनसँग माग गरेका छन् । जसपा आधिकारिकता विवाद निरुपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्ष मिल्ने सम्भावना नरहेको भन्दै अलग दिन माग गरेका हुन् ।
दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा आधिकारिकता विवाद निरुपण गर्न आयोगले इजलाससमेत गठन गर्ने भएको छ ।
आयोगले पार्टीभित्रको विवाद आपसी छलफलबाट समाधान गर्ने मौका दुवै पक्षलाई दिएको थियो तर दुवै पक्षले अब मिलेर जाने सम्भावनालाई इन्कार गरेका छन् ।
तपाईको प्रतिक्रिया