जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक कार्तिक ३ र ४ गते बस्दै

समाचार

10/10/2020

काठमाडौं, २४ असोज । जनता समाजवादी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक कार्तिक ३ र ४ गते दुईदिने बैठक आह्वान भएको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शनिबार बैठकको आह्वान गर्दै सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुलाई कार्तिक ३ र ४ गते बिहान ११ः३० बजे उपस्थितिका लागि आह्वान गरेका छन् ।

सो बैठकमा पार्टीको विधान र नियमावली, संघीय परिषद्को गठन र कार्यविभाजन, केन्द्रीय समितिको गठन तथा कार्यविभाजन, केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन, समायोजन र विविध विषयमा छलफल र निर्णय गरिने एजेन्डाहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ