जसपाका नेता डा.शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

समाचार

2/3/2021

काठमाडौं, २१ माघ । जनता समाजवादी पार्टी नेपालका नेता डा.शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

बुधबार बिहान डा.यादवलाई प्रधानमन्त्री ओलीले खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।

डा.यादव संविधानसभाका सदस्यसमेत रहिसकेका छन् । संसद विघटनको विरुद्धमा चरणबद्ध आन्दोलन गर्दै आएको जसपाका नेताहरु पार्टी परित्याग गर्दै खासगरी ओली समूहमा प्रवेश गरिरहेका छन् ।

यसअघि पनि जुझारु सम्भावना बोकेका जनकपुरका युवाहरु ओली समूहमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ