जसपाको संसदीय दलको बैठक शुक्रबार

समाचार

3/11/2021

काठमाडौं, २७ फागुन । जसपाको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार बसेको जसपा पदाधिकारी बैठकले संसदीय दलको नेता चयन गर्न शुक्रबार दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको हो ।

शुक्रबारको बैठकमा संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल पनि हुनेछ ।

राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको लामो समय भइसक्दासमेत संसदीय दलको नेता चुनिएको छैन ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकाअनुसार पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी बुधबार चैत ५ गते बस्नेछ ।

सामाजिक सञ्जालमाफर्त भट्टराईले आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने र वर्तमान राजनीतिक संकटको अग्रगामी निकास दिने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ