जसपाका सांसदले दसैं भत्ता नलिने

समाचार

10/20/2020

काठमाडौं, ४ कात्तिक । जनता समाजवादी पार्टीले पनि दसैंभत्ता फिर्ता गर्ने भएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी सभाको बैठकले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार तथा परीक्षण नगर्ने नेपाल सरकारको निर्णयलाई जनताको संवैधानिक मौलिक हकविपरीत भन्दै भत्र्सना पनि गरेको छ ।

त्यस्तै, सबै तहका पार्टीमा सांसदलाई प्राप्त दसैं खर्च फिर्ता गर्ने निर्णयसमेत गरेको जसपा नेता मनीष सुमनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ