जसपाका ६ शीर्ष नेताहरूको बैठक सम्पन्न

समाचार

4/27/2021

काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी नेपालका ६ जना शीर्ष नेताहरूको बैठक मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको थियो । ६ शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुई मत देखिएको हो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली सरकारकै पक्षमा देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नुपर्ने पक्षमा छन् ।

साथै एक–दुई दिनमा फेरि बैठक बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ