जसपाद्वारा उपेन्द्र यादवसँग सात प्रश्नसहित तीन दिनभित्र स्पष्टीकरण माग (प्रश्नावलीसहित)

समाचार

5/26/2021

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी नेपालले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवसँग सात प्रश्नसहित तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार जारी गरेको पत्रमा यादवलाई स्पष्टीकरण माग गरेको हो ।

विगत केही दिनदेखि यादवले जसपाको मूल्यमान्यता, नीति तथा विधानविपरीत कार्यहरु गरेकोले पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ