काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशलाई जनता समाजवादी पार्टी नेपालले स्वागत गरेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गरी स्वागत गरेका छन् ।
अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाखौंलाखको संख्या नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली नागरिकताबाट वञ्चित राखिएको थियो, वर्षौं प्रतिक्षापछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौं ।’
तपाईको प्रतिक्रिया