काठमाडौं, १६ माघ । संसद पुनर्स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी नेपालले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले जसपाले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन र मसाल जुलुस लगायतका विरोध कार्यक्रमहरु गर्ने भएको छ ।
बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गर्दै माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया