जसपानिकट आठ जनवर्गीय संगठनको नामाकरण

समाचार

2/28/2021

काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टी नेपालनिकट आठ जनवर्गीय संगठनको नामाकरण भएको छ । पूर्वराजपा र समाजवादी पार्टीबीच एकीकरण पश्चात् जसपा समायोजन प्रक्रिया टुंग्याउँदैछ ।

आइतबार समायोजन सहजीकरण कार्यदलको बसेको बैठकले जसपाका आठवटा भ्रातृ÷जनवर्गीय संगठनको नाम निर्धारण गरेको कार्यदलका सदस्य केशव झाले जनाएका छन् ।

राष्ट्रिय समाजवादी ट्रेड युनियन महासंघ नेपाल, राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपाल, जनता समाजवादी थारु संघ, समाजवादी भू.पू. सैनिक तथा प्रहरी महासंघ, जनता समाजवादी साँस्कृतिक महासंघ, जनता समाजवादी युवा संघ, जनता समाजवादी महिला संघ र नेपाल सुकुम्बासी व्यवस्थापन संघ तय भएको झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ