जसपानिकट विद्यार्थी संगठनद्वारा भर्त्सना

समाचार

5/11/2020

काठमाडौं, २९ बैशाख । चीनका मिडियाले सगरमाथा चीनमा रहेको छापिएको समाचार र भारतले लिपुलेकमा बनाएको बाटोको विषयमा जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले भर्त्सना गरेको छ ।

नेपालको भूमिमा छिमेकी मुलुकहरुले आफू अनुकूल कहिले सगरमाथाको मापन त कहिले सडक निर्माण गर्दा नेपाल सरकार मुकदर्शक बनेर बस्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ ।

विद्यार्थी संघका महासचिव रोशन मिश्राले एक विज्ञप्ति जारी सरकारले गैरजिम्मेवारीपन झल्काएको आरोप लगाएका छन् । ‘भ्रष्टाचार र अपहरणकारीहरुको अखाडा बनेको सरकारले देशमा विदेशी हस्तक्षेप भइरहँदा समेत मौनता देखाउनुले यसमा पनि सरकारको संलग्नता रहेको बुझिएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

राज्यको स्वाभिमान रक्षा गर्ने हैसियत नभएको यो सरकारको मुखिया प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्ने मागसमेत विद्यार्थी संगठनले माग गरेको छ ।

साथै, पार्टीका सम्पूर्ण नेतृत्वपंक्ति एकजुट भई देश हितका निम्ति एउटा धारणा बनाई राष्ट्रिय मुद्दाहरुमा एक हुन मागसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ