जसपाले देशव्यापीरुपमा विरोध प्रदर्शन गर्ने

समाचार

12/21/2020

काठमाडौं, ६ पुस । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशव्यापीरुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

सोमबार जसपाको बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरुद्धमा बुधबार देशव्यापीरुपमा र्यालीसहित विरोध प्रदर्शन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

साथै भोली मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ