पोखरा, १ पुस । जनता समाजवादी पार्टी नेपालले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोधमा पुत्ला जलाएको हो ।
पुत्ला जलाउँदै जसपाले कोण सभा पनि गरेको छ । कोण सभामा बोल्दै जसपा केन्द्रीय सदस्य देवी सुवेदीले भ्रष्टाचारमा लिप्त सरकारले संवैधानिक अधिकार खोसिरहेको आरोप लगाए ।
जसपा प्रदेश अध्यक्ष मोति रिजालले ओली सरकारले अध्यादेश ल्याएर गणतन्त्रकै हरण गरेको बताए । ओलीको अध्यादेश लोकतन्त्र माथिकै बज्रपात भएको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया