जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनुका तीन कारण

समाचार

5/9/2021

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । ‘जसपाले न त विश्वासको मत दिन्छ, न त अविश्वासको प्रस्तावमा कसैलाई साथ दिन्छ’ एक सांसदले बताए ।

आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् ।

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनुका विभिन्न कारणहरु छन् । पहिलो कारण, सत्तारुढ नेकपा एमालेभित्रै प्रधानमन्त्री ओलाई साथ नदिने देखिएको जसपाको विश्वासको मतले पनि कुनै फरक पर्दैन ।

दोस्रो कारण, जसपाभित्रैका केही नेताहरु पार्टी फुटाएर भए पनि ओलीलाई बहिर्गमन गर्नुपर्ने अभियानमा लागेकोले पार्टी जोगाउनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन

तेस्रो कारण, जसपाले उठाउँदै आएको मागहरु पूरा हुन नसकेकोले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने वातावरण नबनेको हो ।

यसअघि पनि प्रधानमन्त्रीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मत नदिए पनि तटस्थ बस्न आग्रह गरेका थिए ।

यसैगरी, आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ