जसपाले ९ गते देशका सम्पूर्ण पालिकाहरुमा विरोध सभा एवं जनप्रदर्शन गर्ने

समाचार

2/17/2021

काठमाडौं, ५ फागुन । प्रतिनिधिसभा विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले फागुन ९ गते देशका सम्पूर्ण पालिकाहरुमा विरोधसभा एवं जनप्रदर्शन गर्ने भएको छ ।

सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई खारेज गराउन भन्दै सशक्त जनआन्दोलन एवं जनसंघर्षलाई अगाडि बढाउन विरोधसभा एवं जनप्रदर्शन गर्ने जसपाले निर्णय गरेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीय समिति सदस्य, केन्द्रीय सदस्यहरु, सम्पूर्ण जनवर्गीय एवं भ्रातृ संगठनहरुलाई कार्यक्रम सम्पन्न गर्न परिपत्र जारी गरेका छन् ।

फागुन ९ गते नै रत्नपार्कमा जनप्रदर्शन एवं विरोधसभा गर्ने निर्णय गरेको छ ।

 
No photo description available.
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ