काठमाडौं, ३१ साउन । छिमेकी मित्रराष्ट्र भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन् ।
अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत् भारतको ७४औं स्वतन्त्रता दिवसको खुशीको अवसरमा भारत सरकार र जनतालाई बधाई दिएका छन् ।
उनले भनेका छन्, ‘नेपाल र भारतबीच गहिरो मित्रता र साझेदारी आपसी विश्वास, सम्मान र साझा मूल्यमान्यताहरूमा पाइन्छ ।’
उनले भारत सरकार र भारतीय जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया