काठमाडौं, ३ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भारत भ्रमण सकेर स्वदेश फर्केका छन् ।
मुटुको उपचारको सिलसिलामा ठाकुर केही दिनअघि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनले भारतमै मुटुको नियमित उपचार गराउँदै आएका छन् ।
कोरोना संक्रमण प्रारम्भ भएपछि उनले उपचार गराउन पाएका थिएनन् । त्यस अवधिमा उनले नर्भिक अस्पतालमा उपचार गराउँदैआएका थिए ।
तपाईको प्रतिक्रिया