काठमाडौं, २६ माघ । संसद विघटनको विरुद्धमा आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको दिल्ली प्रस्थान गरेका छन् ।
अध्यक्ष ठाकुर सोमबार भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्लीका लागि प्रस्थान गरेका हुन् ।
अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनीनिकट स्रोतले जनाएको छ । स्वास्थ्य जाँचका लागि गएको भएपनि ठाकुरको यो भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ ।
दिल्ली जानु अध्यक्ष ठाकुरको कुनै राजनीतिक उद्देश्य नरहेको उनीनिकट स्रोतले दावी गरेका छन् ।
राजकिशोर यादव पनि दिल्लीतिर
यसैगरी जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादव पनि दिल्लीका लागि प्रस्थान गरेका छन् ।
राजकिशोर पनि सोमबार काठमाडौंबाट डिल्लीका लागिउ प्रस्थान गरेका हुन् । उनी पारिवारिक प्रयोजनका लागि डिल्ली प्रस्थान गरेका बताइएको छ ।
तपाईको प्रतिक्रिया