काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वा‘न क्यापेलरबीच भेटवार्ता भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भएको यादवका प्रेस संयोजक महेश चौरसियाले जनाएका छन् ।
चौरसियाका अनुसार राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
तपाईको प्रतिक्रिया