जसपा आज देशभर प्रदर्शन तथा विरोधसभा गर्दै

समाचार

1/20/2021

काठमाडौं, ७ माघ । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले आज देशभर प्रदर्शन तथा विरोधसभाहरु गर्दैछ ।

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भन्दै विरुद्धमा जसपाद्वारा घोषित दोस्रो चरणको आज अन्तिम कार्यक्रम हो ।

जसपाको पूर्वघोषित कार्यक्रमअनुसार आज देशभर नै प्रदर्शन तथा विरोधसभाहरु गर्न लागेको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले जनाएका छन् ।

जसअनुसार आज ललितपुर जिल्लाद्वारा आयोजित लगनखेल बसपार्कमा २ः०० बजे देखि विरोधसभा हुन लागेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ