जसपा उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै

समाचार

7/13/2021

काठमाडौं, २९ असार । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

केपी ओली नेतृत्वको सरकारलाई जसरी पनि बहिर्गमन गर्ने अभियान सफल भएपछि उपेन्द्र–बाबुराम पक्ष सरकारमा सहभागिताका लागि छलफल गर्न बैठक बस्न लागेको पार्टी स्रोतले जनाएको छ ।

संसद पुनःस्थापना, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र सांसदलाई दलीय ह्वीप नलाग्ने सर्वोच्चले जारी गरेको परमादेशको उपेन्द्र–बाबुराम पक्षले स्वागत गरेको थियो ।

सर्वोच्चको परमादेशानुसार देउवाको नेतृत्वमा आजै सरकार गठन हुनेछ । जसपाका उपेन्द्र–बाबुराम पक्षसहितको सरकार गठन हुन लागेको हो । जसपा अध्यक्ष उपेन्द्रको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ