काठमाडौं, ५ साउन । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा‘ बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति रहेको थियो ।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।
तपाईको प्रतिक्रिया