जनकपुरधाम, २६ जेठ । प्रदेश २ का सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र पक्ष) र नेपाली कांग्रेसबीच सत्ता साझेदारीका लागि दुईबुँदे सहमति भएको छ ।
जसपाभित्रको आन्तरिक विवाद चरमसीमामा पुगेको बेला कित्ताकाटको अवस्थामा एकले अर्को पक्षलाई कारबाही गर्दै अब विपक्षीहरुसँग मिलेर सर्वदलीय सरकारको निर्माण हुने भएको छ ।
जसपाभित्रका महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेपछि उपेन्द्र यादव पक्षले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्ने सहमति भएको हो ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवबीच दुईबुँदे सहमति भएको हो र माओवादी केन्द्रसँग पनि सहमतिको प्रक्रिया अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिएका छन् ।
उनका अनुसार आज नै माओवादी केन्द्रसँग पनि सहमति गरेर रातिसम्म तीनै दलको संयुक्त सरकार भई सोहीअनुसार मन्त्रिमण्डल पनि विस्तार हुनेछ ।

तपाईको प्रतिक्रिया