जसपा ओलीको सरकारमा कुनै पनि हालतमा सहभागी हुँदैन : उपेन्द्र यादव

समाचार

3/26/2021

रुपन्देही, १३ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको सरकारमा कुनै पनि हालतमा सहभागी नहुने बताएका छन् ।

अध्यक्ष यादवले केपी फेरि संसदलाई भंग गर्न लागेको आरोप लगाउँदै ओलीलाई पदबाट तत्काल हटाउनुपर्ने बताएका छन् ।

प्रेस मञ्च नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले भने, ‘केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसक्यो । सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्छ ।’

उनले जसपाका नेताहरुले ओली सरकारसँग रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागि मात्र वार्ता गरिरहेको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ