काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी नेपालको शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक डाकिएको कुरा आफूहरुलाई कुनै जानकारी नरहेको अध्यक्ष महन्थ ठाकुरले प्रष्ट पारेका छन् ।
दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले शनिबार केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाइएको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।
सो बैठकबारे खण्डन गर्दै अध्यक्ष ठाकुरले जारी गरेको एक विज्ञप्तिमा भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’
तपाईको प्रतिक्रिया