जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

समाचार

8/5/2020

काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

बुधबार शंखमुखस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको हो । सो बैठकमा समसामयिक विषयवस्तुमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई लगायत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु उपस्थित रहेका छन् ।

बैठकमा पार्टी एकता प्रक्रिया, समायोजन, विभिन्न समितिहरु निर्माण, कोरोना कहर, प्रदेश २ सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुनेछ । साथै पार्टीले प्रदेश २ सरकारको समीक्षासमेत गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ