जसपा नेता कर्णलाई कोरोना संक्रमण

समाचार

5/6/2021

काठमाडौं, २३ बैशाख । पिसिआर परीक्षणका लागि स्वाब दिएका प्रतिनिधि सभाका चार सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा जसपाका सांसद लक्ष्मणलाल कर्णसहित सांसदहरू रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी छन् ।

बुधवार १ सय २८ जनाको स्वाब सङ्कलन गरिएकोमा सबैको रिपोर्ट आइसकेको छैन । तर संसद् सचिवालयका अनुसार रिपोर्ट आएका मध्येमा उनीहरूलाई सङ्क्रमण पुष्टि भएको हो ।

वैशाख २७ गतेका लागि आह्वान भएको संसद्को विशेष अधिवेशनका लागि सांसदहरूको पिसिआर परीक्षण गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ