जसपा नेता हवारी ओली समूहमा प्रवेश

समाचार

2/12/2021

काठमाडौं, ३० माघ । जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् । हवारी वीरगन्जका बासिन्दा हुन् ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीका काम गर्न शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हवारी जसपामा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्जको जिम्मेवारीमा थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ